पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अन्तिम ओभरतिर रन बन्न नसक्दा जितको लक्ष्यका लागि २०/२५ रन कम भएको उनले बताएका छन्।
जनकपुर बोल्ट्सँग हारपछि पोखराका कप्तान कुशलले टसका कारणभन्दा पनि लक्ष्यमा कम भएको उल्लेख गरे।
उनले दुई खेलमा हार भएपनि आगामी पाँच खेलमा राम्रो गर्ने विश्वास व्यक्त गरेका छन्। यी खेल जितेमा आगामी बढ्ने उनको भनाइ छ। घरेलु र विदेशी खेलाडी पनि युवा रहेको उनको भनाइ छ।
आफ्नो पनि प्रदर्शन नहुनुले कठिन नै भएको उनी बताउँछन्। कुशलले आफूले जति लामो इनिङ खेल्यो टिमका लागि त्यति नै राम्रो हुने बताए। पावर प्लेमा योजनाअनुरूप नै बलिङ गरेको उनले उल्लेख गरे।
प्रकाशित: २० मंसिर २०८१ १८:०२ बिहीबार