१७ मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

एनपीएल: जितका लागि चितवनलाई १ सय १२ रनको लक्ष्य, काठमाडौंको ब्याटिङ चल्न सकेन

एनपीएलमा चितवन राइनोजले जितका लागि १ सय १२ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा काठमाडौं गुर्खाजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रनको योगफल तयार पारेसँगै चितवनले सामान्य लक्ष पाएको हो। 

पाकिस्तानका पूर्वबलर सोहेल तान्विरले घातक बलिङ गरेपछि  चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाज १११ रनमै रोकिन बाध्य भयो।

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए।  ओपनर माइकल लेभिटले २५ रन बनाउँदा  डान डाउथवेटले अविजित १९ रन जोडे । शंकर रानाले १६ रन बनाए भने  अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

प्रकाशित: १७ मंसिर २०८१ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App