३० पुस २०८२ बुधबार
image/svg+xml
खेल

दृष्टिविहीनहरुको टी–२० विश्वकप: नेपाल सेमिफाइनलमै रोकियो

.

दृष्टिविहीनहरूको पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल सेमिफाइनलमै रोकिएको छ। आइतबार भएको खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएसँगै नेपालको यात्रा टुंगिएको हो।

नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा बिना क्षति पूरा गर्‍यो। उसको जितमा नटआउट रहँदै कम्रानले ६३ र बाबरले ३२ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो। दुर्गा दत्तले ४० र रमेशले १७ रन बनाए। पाकिस्तानका लागि मतिउल्लाहले ३ र बादरले १ विकेट लिए।

लिग चरणमा पनि नेपाल पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो। लिग चरणमा २ जित, एक वाकओभरसहित ६ अंकका साथ नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो।

श्रीलंका र बंगलादेशसँग पराजित नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई हराएको थियो। भारत भने अनुपस्थित भएपछि नेपालले वाकओभर पाएको हो।

प्रकाशित: १६ मंसिर २०८१ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App