१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

लिग लिडर बार्सिलोना आफ्नै मैदानमा स्तब्ध

स्पेनिस ला लिगामा बार्सिलोना आफ्नै मैदानमा पराजित भएको छ। गएराति भएको खेलमा लास पाल्मससँग बार्सिलोना २ - १ ले पराजित भएको हो। 

१५ खेलमा ३४ अंक जोडेको बार्सिलोना हारका बाबजुद पनि शीर्षस्थानमा छ । जित निकालेको लास पाल्मस समान खेलबाट १५ अंकका साथ १४औं स्थानमा उक्लिएको छ। 

पाल्मसका लागि स्यान्द्रो रमिरेज र फाबियो सिल्भाले गोल गरेका थिए भने बार्सिलोनाका लागि राफिन्हाले १ गोल फर्काए।

प्रकाशित: १६ मंसिर २०८१ ०८:३४ आइतबार

#Barcelona’s #Spanish league