१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

बक्सिङ टोली थाइल्यान्ड जाने

इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्डको चियाङ-माइ प्रस्थान गर्ने भएको छ। नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन्। महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन्।

प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आईटीओ) मा पुस्करराज पन्त रहेका छन्। पन्त बक्सिङमा नेपालका एक मात्र आईटीओ हुन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे।सो अवसरमा सदस्य–सचिव घिसिङले आसन्न २० औं एसियाली खेलकुदको तयारीका लागि बक्सिङको ट्रेनिङ प्लान पेश गर्न निर्देशन दिए।

प्रकाशित: १२ मंसिर २०८१ १७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App