अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। भारतले अस्ट्रेलियालाई २ सय ९५ रनले हराएको हो।
जितको लागि दोस्रो पालोमा ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ३८ रन मात्र बनाए पछि भारत २ सय ९५ रनको विशाल अन्तरबाट विजयी हुन सफल भएको हो।
यस अघि भारतले पहिलो पालोमा १५० रन बनाउँदै सबै विकेट गुमाएको थियो। दोस्रो पालोमा भने ६ विकेटको नोक्सानीमा ४८७ रन बनाएर पालो सकिएको घोषणा गरेको थियो।
अस्ट्रेलियाले पहिलो पालोमा १०४ रन बनाउँदा सबै विकेट गुमाएको थियो भने दोस्रो पालोमा २ सय ३८ रनमा सबै विकेट गुमाएको थियो।
चार दिनमै सकिएको टेस्टमा भारतका लागि कप्तान जसप्रति बुमराह र मोहम्मद सिराजले समान ३ विकेट लिए। ५ टेस्टको शृङ्खलामा भारतले १-० ले अग्रता लिएको छ।
दोस्रो टेस्ट डिसेम्बर ६ देखि सुरु हुनेछ।
प्रकाशित: १० मंसिर २०८१ १४:२५ सोमबार