३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलमाथि राजनीति नगर्न भारतलाई अमेरिकाको सुझाव

अमेरिकाले भारत र पाकिस्तानलाई खेलमाथि राजनीति नगर्न सुझाएको छ। पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी खेल्न भारत जान इच्छुक नदेखिएको प्रशंगमा बोल्दै अमेरिकी गृह मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

बिहीबार वेदान्त पटेलले भने, ‘यो विश्वकपपछिको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगितामा भारतले भाग लिनुपर्नेछ तर भारत सरकारले क्रिकेट टोलीलाई पाकिस्तान पठाउन अस्वीकार गरेको छ ।’ भारतीय टोली अन्तिम पटक सन् २००८ मा पाकिस्तानमा खेल्न गएको थियो । तर राजनीतिक तनावका कारण भारतले त्यसबेलादेखि आफ्नो क्रिकेट टोली पाकिस्तान पठाएको छैन। 

उनले प्रश्न गर्दै भने, ‘म यो सोध्न चाहन्छु कि खेलकुदलाई राजनीतिसँग जोड्नु राम्रो हो कि होइन ?’ पटेलले यसलाई भारत र पाकिस्तानको कुरा भन्दै खेलसहित अन्य कुरामा संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन।

सुरक्षाको कारण देखाउँदै च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली पाकिस्तान जान इन्कारी गरिरहेको छ। भारतले पाकिस्तानविरुद्धको प्रतिस्पर्धा दुबईमा गराउन आयोजक तथा आइसिसीसँग आग्रह गर्दै आएको छ। भारतले पाकिस्तानमा गएर नखेल्ने भनेपनि पाकिस्तान भने भारतमा आएर खेल्ने गरेकोे छ ।

च्याम्पियन्स लिगको ‘ड्र’अनुसार समूह ‘ए’मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड छन् । समूह ‘बी’मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान रहेका छन् । भारतले २० फेब्रुअरीमा बंगलादेश, २४ फेब्रुअरीमा पाकिस्तान र २ मार्चमा न्युजिल्यान्डसँग  खेल्ने तालिका  छ । भारतका सबै खेल लाहोरमा हुनेछ ।

पाकिस्तान यसपटकको च्याम्पियन्स ट्रफीको आयोजक राष्ट्र हो । 

प्रकाशित: ३० कार्तिक २०८१ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App