मंसिरको तेस्रो सातादेखि काया कप यू १६ अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता हुने भएको छ।
काया स्पोर्ट्सको आयोजनामा ग्रासरुटदेखि नै नेपाली फुटबलको विकास गर्ने उद्देश्य साथ उक्त प्रतियोगिता हुन लागेको हो।काया स्पोर्ट्सले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएको हो। कुल ३२ विद्यालयले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ।
सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन्।
प्रत्येक टोलीले कम्तीमा पनि तीन खेल खेल्न पाउनेछन्। प्रतियोगिताको समूह चरणका खेल मंसिर १७ र १८ गते हुनेछन्। नकआउट चरणको खेल भने मंसिर २० गते र फाइनल २२ गते गर्ने आयोजकले जनाएको छ।
प्रकाशित: २५ कार्तिक २०८१ १८:५३ आइतबार





