आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालसमक्ष १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरको खेलमा युएईले ७ विकेट गुमाउँदै १२२ रन जोडेपछि नेपाललाई १२३ लक्ष्य मिलेको हो ।
नेपालसमक्ष चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने क्रममा युएईका ब्याटर रिनिता रजितले ३३ बलमा ४८ रन र लाभन्य केनीले २० रन जोडिन ।
यस्तै नेपालका तर्फबाट रिया शर्माले तीन, कृष्मा गुरुङ, सिमाना केसी र पूजा महतोले एक÷एक विकेट लिए । नेपालले समूह चरणमा खेलेको यो तेस्रो खेल हो । यसअघि थाइल्यान्ड र कुवेतलाई हराएको थियो ।
प्रकाशित: २४ कार्तिक २०८१ १३:०३ शनिबार