६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

महिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटः थाइल्यान्डविरुद्ध नेपाल ब्याटिङ क्रिजमा

यूएईमा जारी महिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले अहिले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

थाइल्यान्डले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको छ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली यूएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ।

नेपालले दोस्रो खेल कार्तिक २२ गते कुवेतसॅंग, कार्तिक २४ गते घरेलु टोलीसॅंग खेल्नेछ।

नेपालले कार्तिक २५ गते थाइल्यान्ड, कार्तिक २७ गते कुवेतसॅंग र आफ्नो अन्तिम खेलमा कार्तिक २८ गते यूएईसॅंग खेल्नेछ।

४ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ।विश्वकप अर्को वर्ष मलेसियामा हुनेछ।

प्रकाशित: २१ कार्तिक २०८१ १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App