१० कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

अफगानिस्तानसँग भारत पराजित

ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी–२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।

इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ए ले भारत एलाई २० रनले पराजित गरेको हो। अफगानिस्तान ए ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ए ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनाउन सक्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ए ले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।आइतबार हुने  फाइनलमा अफगानिस्तान ए र श्रीलंका ए  भिड्ने छन्।  

प्रकाशित: १० कार्तिक २०८१ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App