१० कार्तिक २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानलाई महँगो पर्दैछ इजरायलमाथिको मिसाइल आक्रमण

इजरायलले इरानमा माथिको आक्रमणलाई थप प्रभावकारी बनाउदै लगेको छ। इजरायलले पछिल्लो समय इरानी सैन्य क्याम्पलाई लक्षित गरेको छ। 

इजरायलले हालै एक विज्ञप्ती जारी गरेर इरान माथिको कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ। इजरायलले पछिल्लो पटक गरेको आक्रमणका आवाजहरु राजधानी तेहरानसम्म सुनिएको विवरणहरु आएका छन्। 

इरानले पनि ठूलो आवाजमा विष्फोट भएको जनाएको छ। इरानका अनुसार आफ्नो वायु रक्षा प्रणाली सक्रिय भएकाले ठूलो आवाजमा विष्फोट भएको हो।

इरानमाथिको आक्रमणलाई आफुले पनि नोटिसमा राखेको ह्वाइट हाउसलेजनाएको छ।  इरानले एक महिना अघि इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायलले आफ्नो शक्ति प्रदर्शन गरेको हो। 

प्रकाशित: १० कार्तिक २०८१ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App