७ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप :भारतविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

तस्बिर एन्फा

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा भारतविरुद्ध बङ्गलादेशले दुई गोलको अग्रता लिएको छ। 

समूह चरणको अन्तिम खेलको पहिलो हाफमा भारतविरुद्ध दुई गोलको अग्रता लिएको हो। बङ्गलादेशले पहिलो हाफमा ३ गोल गरेको छ भने भारतले १ गोल गरेको छ ।

आजको खेलमा बंगलादेशले जित हासिल गरे समूह विजेता बन्नेछ। यस समूहमा पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसै गरी पाकिस्तान र बंगलादेशबीचको खेल बराबरीमा सकिएको थियो। 

प्रकाशित: ७ कार्तिक २०८१ १८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App