७ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

बेलबारी गोल्डकपको सेमिफाइनलमा सहलेस

<br>

बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा सिराहाको सहलेस फुटबल क्लब पुगेको छ।

एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको बुधबार भएको खेलमा सिराहाले पाहुना टोली भारत पश्चिमबंगालको दलसिंहपारा फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो।

सिराहाले फाइनल यात्राका लागि शुक्रबार काठमाडौंको चित्लाङ फुटबल क्लबसँग खेल्ने छ। खेलको अन्तिम समयमा भारतले खेलको लय लिएर खेले पनि गोल संख्या बढाउन नसक्दा घर फर्कनु पर्‍यो।

खेलको चौथो मिनेटमा सिराहाका अजयी मार्टिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले समीर तामाङको पासमा गोल गरे। समीरले ८ औं मिनेटमा मार्टिनको पासमा गोल थप्दै टोलीको अग्रतालाई दोब्बर पारे।

२६ औं मिनेटमा पुनः समीरले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। उनले पाएको वान भर्सेस वानको राम्रो अवसरको सदुपयोग गरे।

पहिलो हाफको अतिरिक्त समयमा भारतका रोहन थापाले गोल गरे। पुनः ४६ औं मिनेटमा रोहनले नै गोल गर्दै गोल अन्तर घटाए।

खेलको म्यान अफ द म्याच सिराहाका समीरले नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। उनलाई कोसी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले पुरस्कार प्रदान गरे। 

प्रतियोगिताअन्तर्गत बिहीबारको खेल झापा ११ फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ७ कार्तिक २०८१ २०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App