६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा भाग लिन अमेरिका जाँदै कमल

नेपालका कमल मगर अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा चुनौती पेस गर्ने भएका छन्।

वल्र्ड मार्सल कमिटी (डब्लुएमएसी), अमेरिकाको फ्लोरिडाको आयोजनामा हुने उक्त प्रतियोगिता नोभेम्बर २६ देखि २७ तारिखसम्म हुनेछ। मिक्स मार्सल आर्टको यो प्रतियोगितामा कमलले सर्ट वेपन र चाइनिज क्रिएटिभ फम्समा चुनौती पेस गर्नेछन्।

आफ्नो खेल करियरमा कमलले ६ स्वर्ण, तीन रजत र चार कांस्य जितेका छन्। कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण तथा रजत र सोही वर्ष इङ्ल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा एक स्वर्ण तथा एक कांस्य जितेका थिए।

सन् २०१९ मा क्रोएसियामा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका थिए। सोही वर्ष अस्ट्रियामा भएको विश्वकपमा पनि उनी दुई रजत र एक कांस्य जित्न सफल भए।

त्यस्तै, सन् २०२३ मा इङ्ल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जितेका थिए। उनले सन् २०२० मा भएको भर्चुएल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि एक स्वर्ण र एक कांस्य हात पारेका थिए। कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्। कमललाई सफलताको शुभकामना दिँदै नेपनल उमा कुङफुका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सञ्जितकुमार राई, महासचिव भूपेन्द्र गुरुङ र सचिव रमेश महर्जनले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।

सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गर्ने छन्। त्यस्तै, नेपालका अनुप थापाले पनि किक बक्सिङको लाइट वेट स्पर्धामा खेल्ने छन्। सिद्धार्थ र अनुप दुवै न्युयोर्कमा छन्। दुवै त्यतैबाट प्रतियोगितामा सहभागी हुन फ्लोरिडा जाने छन्।

प्रकाशित: ६ कार्तिक २०८१ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App