५ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात,नेपालले तीन विकेट लियो

अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाविरुद्धको खेलमा नेपालले अहिलेसम्म तीन विकेट झारिसकेको छ।

ग्रान्ड प्रेरि स्टेडियममा  रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १ १ विकेट लिएका छन् भने पछिल्लो विकेट ललित राजबंशीले लिएका हुन्।

अमेरिकाले ९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा७१ रन बनाएको छ।३ खेलको टी २० सिरिजमा लगातार २ खेलमा जित हासिल गरेर नेपालले सिरिज जितिसकेको छ।

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेको हो।नेपालले एक खेल अघि नै सिरिज जितिसकेको छ। 

प्रकाशित: ५ कार्तिक २०८१ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App