४ कार्तिक २०८१ आइतबार
image/svg+xml
खेल

प्रिमियर लिगमा आर्सनलको अपराजित यात्रा रोकियो,बर्नमाउथसँग २–० ले पराजित

प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनललाई पराजित गरेको छ।शनिबार राति भएको खेलमा बर्नमाउथले आर्सनललाई २–० ले पराजित गरेको हो।

योसँगै आर्सनलको अपराजित यात्रा टुंगिएको छ।हारपछि आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।८ खेलबाट १७ अंकसहित आर्सनल तेस्रो स्थानमा छ।बर्नमाउथ जितपछि ८ खेलबाट ११ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।

प्रिमियर लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गर्दा टोटनहमले वेष्टहमलाई ४–१ ले पराजित गरेको छ । 

त्यस्तै गएराति नै भएका अन्य खेलमा एस्टन भिल्लाले फुलहमलाई ३–१ ले, एभरटनले इप्स्विच टाउनलाई २–० ले, लेस्टर सिटीले साउथह्याम्पटनलाई ३–२ ले र ब्राइटनले न्यूकासल युनाइटेडलाई १–० ले हरायो।पछिल्लो तालिका अनुसार लिभरपुल १८ अंकसहित पहिलो स्थानमा छ भने १७ अंकसहित म्यानचेस्टर सिटी दोस्रोमा छ।

प्रकाशित: ४ कार्तिक २०८१ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App