४ कार्तिक २०८१ आइतबार
image/svg+xml
खेल

ऋषभ र सर्फराजको यादगार इनिङ

बेंगलुरुको मैदानमा सर्फराज खान र ऋषभ पन्तले शनिबार सन् २००१ को कोलकाता टेस्टमा राहुल द्रविड र भिभिएस लक्ष्मणको साझेदारीको सम्झना दिलाए।

इडेन गार्डेनमा त्यतिबेला अस्ट्रेलियाविरुद्ध टेस्टको दोस्रो इनिङमा द्रविड र लक्ष्मणले ३७६ रनको कीर्तिमानी साझेदारी गरेका थिए। लक्ष्मण ४५२ बलमा ४४ चौकासहित २८१ रन बनाएर पेभिलियन फर्किएका थिए। उनलाई साथ दिएका द्रविड १८१ रनमा रोकिए। तर, एम चिन्नास्वामी स्टेडियममा सर्पmराज र ऋषभले द्रविड र लक्ष्मणको साझेदारी बनाउने भने सकेनन्। यद्यपि, संकटमा परेको भारतलाई उकास्न यी दुई ब्याटरले गरेको १७७ रनको साझेदारी भने सन् २००१ को टेस्ट सम्झायो। यी दुईको धैर्यताले पहिलो इनिङमा ३५६ रनले पछि परेको घरेलु टोली भारतले दोस्रो इनिङमा ४६२ रन मात्र जोड्यो।

तर, पहिलो टेस्टमा यी दुईको इनिङले भारतीय टोलीलाई जित दिलाउन पर्याप्त हुन्छ या हुँदैन भन्ने पाँचौं दिनको खेलपछि निर्णय हुनेछ। सर्पmराजको १५० र पन्तको ९९ रनको सहयोगमा भारतीय टोली ३५६ रनको अग्रता लिन सफल भए पनि न्युजिल्यान्डलाई जितका लागि अब १०७ रन मात्रै आवश्यक छ। सर्फराज र ऋषभ चौथो दिन बिहानै सहर्ष हार स्वीकार नगर्ने लक्ष्य लिएर मैदान उत्रिएका थिए। दुवैले आआफ्ना शैलीमा ब्याटिङ गरे। त्यसैले तेस्रो दिन भारतलाई ४६ रनले अलआउट गरेको न्युजिल्यान्डको बलिङले संघर्ष गर्‍यो।

सर्पmराजले पहिलो टेस्टमा आफ्नो पहिलो शतक प्रहार गरे। ऋषभले बलियो डिफेन्सको उदाहरण प्रस्तुतसँगै खराब बललाई बाउन्ड्री पार गराइरहे। दुवैबीच शतकीय साझेदारी बन्यो। तर, वास्तविक लडाइँ भने ८०औं ओभरपछि सुरु भयो। न्युजिल्यान्डले ‘ट्रम्प कार्ड’ थियो, नयाँ बल। ८० ओभर सकिएपछि न्युजिल्यान्डका कप्तान टम लाथमले नयाँ बल मगाए । टिम साउथीले नयाँ बलमा आउट स्विङ गरे र त्यहींबाट सर्पmराजलाई समस्यामा पार्न थाले। उनी आउट पनि भए। अर्कोतर्फ ऋषभ कृजमा उभिरहेका थिए।

उनले साउदीको बलमा १०७ मिटर लामो छक्का पनि प्रहार गरे। अर्का तीव्र गतिका बलर विलियम ओ उरकेले आफ्नो उचाइको राम्रो सदुपयोग गर्दै पन्तलाई ९९ रनमा पेभिलियन पठाए। उनी आउट भएपछि भारतको ब्याटिङ धर्मरायो। त्यसपछि ११।२ ओभरमा भारतले पाँच विकेट गुमाउन पुग्यो। केएल राहुल १२, रवीन्द्र जडेजा ५, रविचन्द्रन अश्विन १५ रनमा आउट हुँदा जसप्रीत बुमराह र मोहम्मद सिराजले खाता नै खोल्न सकेनन्।

त्यसअघि विराट कोहली ७०, कप्तान रोहित शर्मा ५२ र यजश्वी जैसवालले ३५ रनको योगदान दिए। भारतलाई सस्तैमा समेट्न न्युजिल्यान्डका लागि म्याट हेन्री र विलियम ओ उरकेले समान तीन विकेट लिए। अजाज पटेलले दुई विकेट लिँदा टिम साउथी र ग्लेन फिलिप्सको नाममा एक÷एक विकेट रह्यो। चौथौ दिन खराब प्रकाश र वर्षा बाधक बनेको कारण न्युजिल्यान्डले ब्याटिङ गर्न सकेन।

प्रकाशित: ४ कार्तिक २०८१ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App