१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

महिला टी–२० विश्वकपः पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

आईसिसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल अन्तर्गत आज अस्ट्रेलिया र साउथ अफ्रिकाबीच भिडन्त हुँदैछ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा जित निकाल्दै दुबै टोली उपाधिका लागि स्थान सुरक्षित गर्न चाहन्छ।

अस्ट्रेलिया समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने साउथ अफ्रिका समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

साविक विजेता समेत रहेको अस्ट्रेलियाले हालसम्म ६ पटक आईसिसी महिला टी–२० विश्वकप उपाधि उचालिसकेको छ भने साउथ अफ्रिकाले एकपटक पनि उपाधि उचाल्न सकेको छैन। गत वर्ष मात्रै फाइनलमा पुगेको साउथ अफ्रिका अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो।

विश्वपकको दोस्रो सेमिफाइनलमा भोलि न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ भने विश्वकपको फाइनल आइतवार हुनेछ।

प्रकाशित: १ कार्तिक २०८१ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App