२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

पोखराले भित्र्यायो गौसलाई, बने एनपीएलमा अनुबन्धन हुने पहिलो विदेशी खेलाडी

पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ।

आगामी मङ्सिर १५ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखराले गौसलाई अनुबन्ध गरेको हो। पोखरामा अनुबन्ध भएसँगै उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी समेत बनेका छन्।

३० वर्षीय गौस दाहिने हाते ब्याट्सम्यान हुन्।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन्। अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन्। सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए।

पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन्।

यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन्।

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन्।

प्रकाशित: १ कार्तिक २०८१ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App