२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ।

दशरथ रङ्गशालामा सुरु हुने आजको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच भिडन्त हुनेछ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन्।

प्रतियोगिता अन्तर्गत नेपालले भोलि भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १ कार्तिक २०८१ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App