१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्सनल र एथ्लेटिको मड्रिडलाई सफलता

काठमाडौं – युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिड विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा आर्सनलले रुसको सिएसकेए मस्कोलाई ४–१ ले हरायो।

आर्सनलको जितमा आरोन राम्से र अलेक्जेण्डर लाकाजेटीले दुई–दुई गोल गरे। राम्सेले खेलको ९ र २८ औं र लाकाजेटीले २३ र ३५औं मिनेटमा गोल गरेका हुन्। मस्कोका लागि गोलेभिनले १५ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा एथ्लेटिको मड्रिडले पोर्चुगलको स्पोर्टिङ लिस्बोनलाई २–० ले पराजित गर्यो। उसको जितमा खेलको पहिलो मिनेटमा कोके र ४० औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए। जितसँगै दुबै टिमलाई युरोपा लिगको सेमिफाईनल पुग्न सहज देखिएको छ।

त्यस्तै क्वाटरफाइनलकै अन्य खेलमा इटालीको लाजियोले अष्ट्रियाको साल्जबर्गलाई ४–२ तथा जर्मनीको आरबी लेप्जिगले फ्रान्सको मार्सेलाई १–० ले हरायो।

प्रकाशित: २३ चैत्र २०७४ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App