१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग : कर्णालीद्वारा ललितपुर पराजित

एभरेष्ट महिला भलिबल लिगको तेस्रो दिनको खेलमा कर्णाली एसभिएस बिजयी भएको छ।राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा  बुधबार सम्पन्न खेलमा कर्णाली एसभिएसले बलियो प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा हराएको हो ।

कर्णाली एसभिएसले ललितपुर क्विन्सलाई २५-२२ , २५-२२  र  २९-२७ अंकले  हराएको हो ।  

कर्णालीको  यश्चिजको यो लगातार तेस्रो जित हो । ललितपुर क्विन्सको भने यो पहिलो हार हो।  सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ । प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । 

प्रकाशित: १६ आश्विन २०८१ १८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App