१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एनपीएलमा काठमाडौंको नाम 'काठमाडौं गुर्खाज' रहने

काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।  

सामाजिक सञ्जालमार्फत् उसले मंगलबार आफ्नो नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम काठमाडौं गुर्खाज रहनेछ । तीव्र गतिका बलर करण केसी काठमाडौंको मार्की खेलाडी हुन् ।  

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजना हुने प्रतियोगिता मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको एनपीएलमा ८ टोली सहभागी हुनेछन् ।

सबै टिमको मार्की खेलाडी तय भएपनि अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । 

प्रकाशित: १५ आश्विन २०८१ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App