३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

१२औं एनएसए पौडी प्रतियोगिता हुँदै

आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ।

नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

२०३८ सालदेखि यो प्रतियोगिता नियमित (कोभिड–१९ महामारीबाहेक) हुँदै आएको छ। बुधबार संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय, क्लब र प्रदेशबाट गरी कुल तीन सय ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खुला (महिला÷पुरुष) र उमेरसमूह (महिला÷पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन्।

यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगाडि आफूलाई प्रमाणित गर्ने अवसरसमेत रहेको संघको विश्वास छ। संघले उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा लिएको छ।

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई समय सुधारका आधारमा पुरस्कृत गरिने भएको छ। एक सेकेन्डभन्दा कम समय भएमा पाँच हजार र एक देखि तीन सेकेन्ड समय सुधार गर्ने खेलाडीले १० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

तीन सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ। प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन्। वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ। नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मानको सुरुआत गर्ने भएको छ।

यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिप खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए। कार्यक्रममा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोलेलगायत उपस्थित थिए। संघका अध्यक्षले पदाधिकारीबीच भएको आन्तरिक समस्याले खेलाडीको प्रतियोगितामा कुनै पनि समस्या नहुने स्पष्ट पारेका छन्।

प्रकाशित: ३ आश्विन २०८१ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App