३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा महिला लिग : एपीएफको पाँचौ जित

एन्फा महिला लिगमा विभागीय क्लब नेपाल एपीएफ क्लबले लगातार पाँचौ जित निकालेको छ ।  

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार संकटा क्लबलाई ३–० ले पराजित गर्दै एपीएफले पाँचौ जित हात पारेको हो । योसँगै शीर्ष स्थानमा रहेको एपीएफको १६ अंक भएको छ ।  

जारी लिगमा अपराजित रहेको एपीएफलाई लगातार जित दिलाउन सरु लिम्बुले १३औं, अनिता केसीले ५०औं र सविता राना मगरले  ६४औं मिनेटमा गोल गरे ।

एपीएफभन्दा एक खेल कम खेलेको पुलिस ११ अंकमा दोस्रो स्थानमा छ । पराजित संकटा ६ खेलमा ५ अंकमा रहेको छ ।

प्रकाशित: १ आश्विन २०८१ १६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App