३ आश्विन २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

टुँडिखेलमा संविधान दिवस, तस्बिरमा हेरौँ केही झलकहरू

संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा भव्य समारोहको आयोजना गरी मनाईएको छ।

सरकारदे सैनिक मञ्च टुँडिखेलमा दिवसको अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् भने सरकारमा रहेका मन्त्रीहरू, अन्य विशिष्ट पदाधिकारीहरू पनि सहभागी भए।

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८१’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको छ। ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो। मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो।

तस्बिरमा हेरौँ संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहका केही झलकहरूः

खुशी 50%
दुखी 25%
अचम्मित 0%
हास्यास्पद 25%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App