३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

मालेमा पुलिसको लगातार तेस्रो जित

नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । योसँगै जारी प्रतियोगितामा पुलिसले ९ अंक जोडेको छ ।

पुलिसले मंगलबार ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई सोझो सेटमा हराएको हो । मालेमा भएको खेलमा पहिलो सेट २५–१५ ले जितलेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।  

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्सलाई समान ३–० को सेटमा पराजित गरेको थियो ।  

अब पुलिसले लिगमा दुई खेल खेल्न बाँकी छ । बिहीवार माल्दिभ्सको क्लबसँग प्रतिस्पर्धा गर्ने पुलिसले शुक्रबार समूह चरणको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित: १ आश्विन २०८१ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App