३० भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

युवराज सिंहका बुबाको आक्रोश: धोनीका कारण छोराको खेल जीवन सकियो

भारतीय क्रिकेट टीमका पूर्व खेलाडी युवराज सिंहका बुबाले महेन्द्रसिंह धोनीमाथि आक्रोश पोखेका छन्।

भारतलाई सन् २००७ मा टी–२० र सन् २०११ म एकदिवसीय विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका युवराज सिंहका बुबा योजराज सिंहले तत्कालीन कप्तान धोनीमाथि आक्रोश पोखेपछि चर्चाको विषय बनेको छ।

योगराज सिंहले भारतीय पूर्व कप्तान धोनीलाई माफी दिन नसकिने भन्दै छोरा युवराजलाई भारत रत्न दिन सरकारसँग माग गरे।

एक अन्तर्वार्ताको क्रममो उनले धोनीलाई कहिल्यै माफी दिन नसकिने भन्दै आफ्नो अनुहार ऐनामा हेर्न सुझाव दिए।

उनले भने, ‘धोनीले जे जति गरे म त्यसको सम्मान गर्छु किनकी ऊ पनि मेरो छोरो हो। तर, उसले मेरो छोरो युवराजविरुद्ध जे गर्यो म त्यसका लागि उसलाई कहिल्यै माफी दिन सक्दिन।’

धोनीले युवराजको खेल करियर सकाइदिएको आक्रोन पोख्दै उनले भने, ‘अझै ४–५ वर्ष युवराजले क्रिकेट खेल्ने थियो। यो म मात्र होइन गौतम गम्भीर, विरेन्द्र सहभाग र सारा क्रिकेट जगतले भन्दैछ।’

उनले थपे, ‘आजसम्म युवराज जस्तो खेलाडी न भयो न हुनेछ। मलाई लाग्छ युवराजलाई सरकारले भारत रत्नले सम्मान गर्नुपर्छ। जसले क्यान्सरसँग लडेर पनि देश र देशवासीका लागि खेल्यो।’

सन् २०११ को विश्वकपको क्रममा युवराज क्यान्सरसँग पीडित थिए। तर, उनलाई पछि मात्रै क्यान्सरबारे पत्ता लागेको थियो। क्यान्सरकै क्रममा उनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई विश्वविजेता बनाएका थिए।

२०११ को विश्वकपमा युवराजलाई प्लेयर अफ द टुर्नामेन्ट चुनिएको थियो। उनले टुर्नामेन्टमा १५ विकेट लिनुका साथै ३६२ रन पनि बनाएका थिए।

प्रकाशित: १७ भाद्र २०८१ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App