२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

ताप्लेजुङ गोल्डकप:फाइनल अघिका खेलको प्रवेश शुल्कबाट साढे १३ लाखभन्दा बढी रकम संकलन

जारी ताप्लेजुङ गोल्डकपको फाइनल अघिका खेलमा आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रवेश शुल्कबाट साढे १३ लाख बढी रकम संकलन गरेको छ।

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार क्वाटर फाईनलका ४ तथा सेमीफाईनलका २ गरी ६ खेलको प्रवेश शुल्कबाट १३ लाख ६२ हजार ६ सय रुपैयाँ संकलन भएको छ।

उनका अनुसार क्वाटर फाईनलका चार खेलबाट ७ लाख ९ हजार ८ सय रुपैयाँ संकलन भएको थियो। सेमीफाइनलका २ खेलबाट ६ लाख ५२ हजार ८ सय रुपैयाँ संकलन भएको छ। सेमीफाइनलका दुई खेलमध्ये पहिलो खेलबाट ३ लाख ८ हजार ८ सय र दोस्रो खेलबाट ३ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ।

सोमवार फाइनल खेल हुँदैछ। लाखेजात्रा सञ्चालन समितिले क्वाटर फाईनलका चार खेलका लागि जनही एकसय,सेमीफाईनलका दुई खेलका लागि दुईसय र फाइनल खेलका लागि जनही दुईसय पचास रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ।  

प्रकाशित: ९ भाद्र २०८१ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App