३ माघ २०८२ शनिबार
image/svg+xml
खेल

साफ यू-२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

लिग चरणको अन्तिम खेलमा बंगलादेश पराजित

साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा  नेपाल पाहुना टोली बङ्गलादेशलाई २–१ गोलले हराउँदै समूह ‘ए’ को  विजेता बनेर सेमिफाइनलमा पुगेको छ  । 

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो । नेपालसँग पराजित भए पनि बङ्गलादेश समूहको उपविजेता हुँदै सेमिफाइनलमा  पुगेको छ । बङ्गलादेशले पनि समूह चरणमा श्रीलङ्कालाई पराजित गरेको थियो ।

नेपालको २ खेलमा ६ अंक भएको छ । बंगलादेश ३ अंकका साथ उपविजेता बन्दा श्रीलंका अंकविहिन रहँदै बाहिरियो ।

समूह बी मा भारत र भुटानको समान ३-३ अंक छ । भारतले शुक्रबार समूहको अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । भारत पराजित भए गोल अन्तरका आधारमा समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । 

प्रकाशित: ६ भाद्र २०८१ १७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App