२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

बंगलादेशविरुद्धको पहिलो टेष्टमा पाकिस्तानको खराब सुरुवात

बंगलादेशविरुद्धको पहिलो टेष्टमा पाकिस्तानले खराब सुरुवात गरेको छ।

रावलपिन्डीमा भ्रमणकारी टोली बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ थालेका पाकिस्तानले अघिल्लाक्रमका ब्याट्सम्यानलाई सस्तैमा गुमाएको छ।

उसका ओपनर अब्दुल्लाह सफिक मात्र २ रनमा हसन महमुदको बलमा जाकिर हसनद्वारा क्याचआउट हुन पुगे।

क्याप्टेन सान मसूद ६ रनमा सोरिफुल इस्लामको बलमा पवेलियन फर्के।

भरपर्दा ब्याट्सम्यान बाबर आजमले भने खातै खोल्न पाएनन्। उनलाई पनि सोरिफुलले विकेटकिपर लिट्टोन दासबाट क्याच आउट गराए।

पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दुई टेष्ट म्याच खेल्नेछ। दुवै खेल रावलपिन्डीमा हुनेछ।

प्रकाशित: ५ भाद्र २०८१ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App