२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गते सुरु हुने

चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने भएको छ। भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुने गोल्डकप असोज १२ गतेसम्म चल्नेछ।

प्रतियोगितामा १० टिम सहभागी हुनेछन्। प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरू सहित मोफसलका चर्चित क्लबहरू सहभागी हुनेछन्। प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए।

प्रतियोगिताका खेलहरू नेपाल प्रहरी शिक्षालय ९भरतपुर तालिम केन्द्र० को मैदानमा हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। पहिलो चरणमा दर्शकका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिने भुसालले जानकारी दिए।

क्लबका अध्यक्ष लाल सिंह गुरुङले तयारी थालिएको बताए। पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणलाई थप व्यवस्थित र भव्य बनाउने गरी तयारी थालिएको उनले बताए। पहिलो संस्करण २०७९ भाद्र २५ देखि असोज ३ गतेसम्म क्याम्पाचौर नारायणगढमा भएको थियो। पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो।  

प्रकाशित: ३१ श्रावण २०८१ १८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App