२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

प्रतिद्वन्द्वी खेलाडीको घनिष्टताले जगाएको आशा

ओलम्पिकमा जाभलिन थ्रो गर्दै पाकिस्तानका अर्सद नदिम। तस्बिर : एएफपी

आफ्ना देश भारत र पाकिस्तानबीच कट्टर प्रतिद्वन्द्वीको वातावरण भए पनि ‘जाभ्लिन थ्रो’ का यी दुई खेलाडी नीरज चोप्रा र अर्सद नदिमबीच एकआपसमा सम्मान र प्रशंसाका बीच घनिष्ठ सम्बन्ध छ।

दशकौंपछि ऐतिहासिक बनेको छ, जहाँ भारत र पाकिस्तानका खेलाडीले व्यक्तिगत स्पर्धामा मैदानको पोडियममा शीर्ष दुई स्थानका लागि साझेदारी गरेका छन्। अर्सद र नीरज मैदानमा कट्टर प्रतिद्वन्द्वी भए पनि मैदानबाहिर भने उनीहरूबीच विशेष किमिसको घनिष्ठता छ।

पेरिस ओलम्पिक २०२४ मा पुरुष जाभलिन थ्रोको फाइनलमा अर्सदले स्वर्ण पदक जित्दा नीरज रजत पदकमा सीमित भए। यद्यपि, नीरज प्रबल दाबेदार र डिफेन्डिङ च्याम्पियन थिए। नीरज आफैं पनि सीमापारिका आफ्ना मित्र अर्सदबाहेक अन्य कोही दोस्रो स्थानमा आएको हेर्न चाहँदैनथे।

नीरज र अर्सद दुवैमा महान् बन्ने तीव्र इच्छासँगै विश्व नम्बर एक बन्ने चाहना छ। त्यसैले पनि यिनीहरूका दुईका बाटो फरक छैनन्। नीरज त्यो राष्ट्रबाट प्रतिनिधित्व गर्छन्, जहाँ यो राष्ट्रिय खेलजस्तै बनेको छ। नीरजले तीन वर्षअगाडि टोकियो ओलम्पिकमा स्वर्ण जितेपछि भारतमा यो खेलको लोकप्रियता झनै बढेको छ।

त्यो स्वर्णपछि नीरजका हरेक प्रतियोगिताबारे लाखौं भारतीय जनता विशेष चासो राख्छन्, चाहे त्यो डाइमन्ड लिग होस् या विश्व एथलेटिक्स च्याम्पियनसिप नै किन नहोस्। अर्सदको पाकिस्तानमा भने त्यो अवस्था छैन। पेरिस ओलम्पिक २०२४ मा पाकिस्तानबाट सात खेलाडीले मात्रै चुनौती प्रस्तुत गरेका छन्। जुन भारतको भन्दा ११३ ले कम हो।

तर, अर्सदको कीर्तिमानी स्वर्णले अहिले पाकिस्तान ओलम्पिकमय बनेको छ। अर्सदले ९२.९२ मिटर टाढा थ्रो गर्दै ओलम्पिकमा नयाँ रेकर्ड स्थापित गरे। यो पदकसँगै पेरिस ओलम्पिक २०२४ को पदकतालिकामा पाकिस्तान भारतभन्दा अगाडि पुगेको छ।

अर्सदको सफलतामा धेरै संघर्षका कथाहरू छन्। केही महिनाअगाडिको मात्र कुरा हो, जहाँ उनी नयाँ जाभ्लिन किन्न चाहन्थे। तर, उनीसँग यो किन्ने सामाथ्र्य थिएन। पाकिस्तानमा प्रायोजकले उनको प्रस्ताव अस्वीकार गरेपछि उनको प्रयास लगातार अस्वीकृत हुँदै आएको थियो। यस्तो स्थितिमा उनलाई समर्थनमा उत्रिने नीरज नै थिए।

नीरजले अर्सदलाई सहयोग गरिदिन सार्वजनिक अभिव्यक्ति दिएका थिए। अहिले उनै अर्सद पाकिस्तानका लागि ट्य्राक एन्ड फिल्डमा ओलम्पिक स्वर्ण पदक जित्ने पहिले खेलाडी बनेका छन्। यो स्वर्ण पाकिस्तानका लागि सन् १९८४ पछि पहिलो हो।

भारतीय झन्डामा तस्बिर खिचाउँदै नीरजका साथ पाकिस्तानका नदिम। फाइल तस्बिर

फरक पृष्ठभूमिबाट आएका भए पनि नीरज र अर्सदबीच आपासी गहिरो सम्बन्ध विकास भएको छ। टोकियो ओलम्पिकमा नीरजले स्वर्ण पदक जितेपछि अर्सदले खुलेरै उनको प्रशंसा गरेका थिए। जहाँ उनी आफैं भने निराश बन्नुपरेको थियो। त्यति बेला नै नीरजले भनेका थिए, ‘अर्सद मभन्दा राम्रा खेलाडी हुन्।’

उनीहरूबीच मित्रता केही वर्षअगाडिदेखि हो। सन् २०१६ मा जुनियर विश्व एथलेटिक्स हुँदा यी दुईको पहिलोपटक भेट भएको थियो। तर, सन् २०१८ मा जाकार्तामा सम्पन्न एसियन गेम्समा यी दुई एउटै पोडियममा उभिए। त्यहाँ नीरज रजत र अर्सद स्वर्ण पदकका साथ उभिएका थिए।

पदकभन्दा पनि यी दुई एकअर्काको गलामा आआफ्ना राष्ट्रिय झन्डा ओडाइदिन्थे। त्यसले उनीहरूबीच मित्रताको घनिष्ठ बनायो र सम्बन्ध बलियो बन्यो। पेरिसभन्दा अगाडि पछिल्ला १० भेटमा नीरज अर्सदभन्दा अब्बल देखिन्थे। तर अर्सदले नै ९० मिटर थ्रोको कोसेढुङ्गा पार गरे। जहाँ नीरज अभैm पनि असफल छन्।

यो नतिजाका बावजुद यी दुईले एकअर्काप्रति देखाएको सद्भाव सञ्चारमाध्यमलाई आकर्षण गराउन बाध्य बनाएको छ। उनीहरूका बीच रहेको समझदारी बलियो आधार नै मित्रता हो। जहाँ उनीहरूको देशबीच भने देखिँदैन। सन् २०२२ को कमनवेल्थ गेम्समा नीरजले स्वर्ण जितेका थिए।

अर्सदले भने चोटका कारण त्यो गेम्स खेल्न पाएनन्। त्यतिबेला नीरजले फिल्डका आफ्ना साथी अर्सदको अभाव खड्किएको प्रतिक्रिया दिएका थिए। यस किसिमका सम्बन्ध र सद्भाव अर्सद र नीरजबीच मात्र सीमित छैन। गत वर्ष नीरजले विश्व एथलेटिक्स च्याम्पियनसिपमा अर्सदलाई हराउँदै स्वर्ण जितेका थिए।

त्यति बेला भारतीय सञ्चारमाध्यमले पाकिस्तान र भारतबीचको पुरानै प्रतिद्वन्द्विताका बारे जब प्रश्न उठाए, तत्कालै नीरजकी आमा सरोजदेवीले त्यो प्रश्न खारेज गरिदिइन्। पेरिस ओलम्पिकमा पनि उनै अर्सदले नीरजलाई हराएर स्वर्ण जितेपछि पनि सरोजदेवीले भनिन् ‘अर्सद पनि मेरै छोराजस्तै हो।

अहिले फेरि अर्को एउटा तस्बिर सामाजिक सन्जालमा भाइरल भएको छ। त्यति बेला नै खेल सकिएपछि नीरजले गरेको एउटा गतिविधि भाइरल बनेको थियो। त्यो समय उनी र जाकुब भाडलेचले पदकका साथ पोडियममा आआफ्ना देशका झन्डासहित तस्बिर खिचाएका थिए।

तर, रजत विजेता नदिमले पाकिस्तानको झन्डा भेटेनन्। यसैबीच नीरजले आफ्नो देशकै झन्डाका साथ तस्बिर खिचाउन अर्सदलाई बोलाए। जहाँ उनले सहजै स्विकारे र आफूहरूबीच एकताको सन्देश दिए। टोकिया ओलम्पिकका दौरान उनीहरूबीच सम्बन्ध खराब गर्ने प्रयासमा नीरज खरो उत्रिए।

त्यतिबेला नीरजको जाभलिन हराएको थियो। पछि नीरजले अर्सदलाई जाभलिन मागे, जुन उनको थियो। त्यो घटनालाई प्रोपोगन्डा बनाउँदै सञ्चारमाध्यमले गलत तरिकाबाट देखाउने प्रयास गरे। नीरज त्यो घटनालाई लिएर धेरै आक्रोशित भए।

खेलाडीबीच एकअर्काको खेल सामग्री लिनु सामान्य भएको र त्यसलाई गलत तरिकाले प्रस्तुत नगर्न नीरजले चेतावनी नै दिए। अहिले अर्सदले ओलम्पिकका नयाँ रेकर्ड स्थापित गरेका छन्। जहाँ उनै घनिष्ठ मित्र एवम् डिफेन्डिङ च्याम्पियन नीरज पछि परे।

मैदानमा कट्टर प्रतिस्पर्धाका बाबजुद दुवै एकअर्काको सम्मान र समर्थनमा उभिएका छन्। उनीहरूबीच देखिएको सम्बन्धले दुई देशका जनतामाझ पनि नयाँ सन्देश र आशा थपिदिएको छ। एक दिन भारत र पाकिस्तानबीच प्रतिस्पर्धामा सधैका लागि ढोका खुला हुनेछ भन्ने आशा पलाएको छ।

–एजेन्सी 

प्रकाशित: २६ श्रावण २०८१ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App