२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काभा वुमन्स नेसन्स भलिबल लिग: नेपाल र माल्दिभ्स भिड्दै

काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल अपराह्न ३ः१५ बजेबाट सुरु हुनेछ।

आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

जारी लिगमा नेपाल उत्कृष्ट लयमा थियो। नेपालले पहिलो खेलमा उपाधि जित्ने लक्ष्यसाथ श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो।

दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। तर, आइतवार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानसँग ३–२ ले पराजित भयो। योसँगै नेपालको शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ।

सात अङ्कसहित भारत शीर्ष स्थानमा छ भने समान अङ्कसहित इरान दोस्रो स्थानमा छ। यद्यपि, भारतले एक खेल कम खेलेको छ। भारतले लिग चरणको अन्तिम खेल आजै श्रीलङ्कासँग खेल्ने छ।

भारत र श्रीलङ्का बीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

प्रकाशित: २१ श्रावण २०८१ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App