३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

काभा महिला भलिबल: श्रीलङ्काले माल्दिभ्सलाई हरायो

श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा पहिलो जित दर्ता गराएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

श्रीलङ्काले माल्दिभ्समाथि खेलको पहिलो सेट २५-२२ ले जित्यो भने दोस्रो सेट २५-१२ ले आफनो पक्षमा पार्‍यो। त्यस्तै खेलको तेस्रो सेट २५-१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। जितसँगै श्रीलङ्काले सेमिफाइनल यात्रा तय गरेको छ । पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरियो।

श्रीलङ्काले यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार ब्यहोरेको थियो। माल्दिभ्स भने यसअघि भारत र इरानसँग समान ३-० को सेटमा पराजित भएको थियो।

यस खेलसँगै उक्त प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ। सेमिफाइनमा नेपाल, भारत, इरान र श्रीलङ्काले स्थान पक्का गरेका छन्। आजै हुने दोस्रो खेलमा घरेलु टोली 

प्रकाशित: २० श्रावण २०८१ १७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App