२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात

काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले सुरुवातबाटै श्रीलंकालाई दबाबमा राखेको थियो। पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ को नतिजा निकाल्यो । तेस्रो सेटमा ७-३ ले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–१९ को जित दर्ता गर्‍यो । योसँगै नेपालले पहिलो खेलमै अंक जोड्न सफल भयो। 

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ ।

प्रकाशित: १७ श्रावण २०८१ १७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App