१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलङ्काविरुद्धको टी–२० सिरिजमाथि भारतको क्लिन स्विप

श्रीलङ्काविरुद्धको ३ खेलको टी–२० सिरिजमाथि भारतले क्लिन स्विप गरेको छ। 

मङ्गलवार भएको तेस्रो टी–२० खेलमा सुपर ओभरमा जित हात पार्दै भारतले सिरिजमाथि क्लिन स्विप गरेको हो।

श्रीलङ्काको पल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो। १३८ रनको लक्ष्यसहित मैदान उत्रेको घरेलु टीम श्रीलङ्काले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा श्रीलङ्काले २ विकेट गुमाएर जम्मा २ रनको लक्ष्य भारतसमक्ष प्रस्तुत गर्यो। जुन भारतीय टीमका कप्तान सूर्यकुमार यादवले मात्र १ बलमै पूरा गरेर सिरिज आफ्नो नाममा गराए।

भारतले यसअघि पहिलो खेलमा श्रीलङ्कालाई ९ र दोस्रो खेलमा ७ विकेटले हराएको थियो।

प्रकाशित: १६ श्रावण २०८१ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App