१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भारत र श्रीलङ्का बीचको तेस्रो टी–२० आज

भारत र श्रीलङ्काबीचको तेस्रो टी–२० मङ्गलवार हुँदैछ।

श्रीलङ्काको पल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल साँझ ७ : १५ बजेबाट सुरु हुनेछ।

५ खेलको टी–२० सिरिज अन्तर्गत भारतले पहिलो र दोस्रो टी–२० मा लगातार जित निकाल्दै २–५ ले अघि छ।

सूर्य कुमार यादवको कप्तानीमा रहेको भारतले मङ्गलवारको खेल जित्यो भने सिरिजमाथि कब्जा जमाउने छ।

भारतले पहिलो खेलमा श्रीलङ्कालाई ९ र दोस्रो खेलमा ७ विकेटले हराएको थियो।

प्रकाशित: १५ श्रावण २०८१ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App