१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

पौडी पोखरीका लागि जीवन रक्षक तालिम सुरु

पछिल्ला समय पौडी पोखरीहरूमा डुबेर ज्यान गुमाउने घटना बढ्न थालेपछि नेपाल पौडी सङ्घले जीवन रक्षक तालिम आइतबारदेखि सातदोबाटोको पौडी पोखरीमा सुरु गरेको छ ।

सङ्घले अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा आइतबारबाट उक्त तालिम सुरु गरेको हो । तालिममा चार महिला र ५३ पुरुष गरी कुल ५७ जना प्रशिक्षार्थी सहभागी छन् । सङ्घले निरन्तर दुई सय मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र उक्त तालिममा सहभागिता गराएको थियो । प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागी भने उक्त प्रशिक्षण तालिममा सफल हुन सकेनन् । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का निमित्त सदस्यसचिव अन्जन धमलाले उक्त तालिमको उद्घाटन गरेका थिए ।

धमलाले तालिमले दक्ष जीवन रक्षकको उत्पादनसँगै पौडी पोखरीमा हुने दुर्घटनाबाट मानवीय क्षतिमा न्यूनीकरण हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले तालिमको महत्व र आवश्यकताबारे धारणा राखेका थिए । तालिम २०८१ साउन १९ गतेसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । पछिल्ला समय पौडी पोखरीहरूमा डुबेर ज्यान गुमाउने घटना बढ्न थालेपछि सङ्घले यो कार्यक्रम अगाडि बढाएको हाे । 

प्रकाशित: १३ श्रावण २०८१ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App