४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय महिला लिग भदौमा

एन्फा राष्ट्रिय महिला लिग भदौबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको बैठकले लिग भदौ दोस्रो साताबाट गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

‘बैठकले लिग भदौ १६ गतेबाट गर्ने निर्णाय गरेको छ। यसका लागि बैठकले बजेटसमेत पारित गरिसकेको छ,’ उनले भने। प्रतियोगिताको मिति घोषणा भए पनि स्थान भने अझै तय भएको छैन। १० टोली सहभागी हुने लिगलाई एन्फाले दुई करोड २४ लाख ६८ हजार ६९८ रूपैयाँ बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ।

प्रतियोगितामा साबिक विजेता एपिएफ, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, ‘ए’ डिभिजन क्लब संकटा र यसै सिजनमा ‘बी’ मा उक्लिएको बागमती युथ क्लबसँगै वालिङ र चन्द्रपुर नगरपालिकाले सहभागिता जनाउनेछन्। यी सात टोलीसँगै सुर्खेतमा भएको एन्फा महिला लिग छनोटका उत्कृष्ट तीन प्रदेश टोली कोसी, सुदूरपश्चिम र कर्णालीले पनि पहिलोपल्ट सहभागिता जनाउनेछन्।

सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा ४५ खेल हुनेछ। सिंगल राउन्ड रोबिनबाट उत्कृष्ट पाँचमा रहने टोलीलाई डबल राउन्ड रोबिनका आधारमा हुने सुपर लिगमा २० खेल हुनेछ। सुपर लिगका उत्कृष्ट चार टिमबीच क्वालिफायर, एलिमिनेटर र फाइनल गरी चार खेल खेल्नेछन्। यसमा ६९ खेल हुनेछ।

प्रकाशित: ३ श्रावण २०८१ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App