१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

महिला टीमलाई पौडेलको सुझावः क्रिकेटमा सबै टीम बराबर, लक्ष्यमा ध्यान दिए पुग्छ

नेपाल पुरुष क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली महिला क्रिकेट टीमलाई पनि हामीलाई जस्तै सपोर्ट गरिदिन आग्रह गरेका छन्।

उनले क्रिकेटमा कुनैपनि टीम ठूलो वा सानो नहुने भन्दै सबै टीम बराबर हुने बताए।

उनले भने, ‘क्रिकेटमा टीम ठूलो वा सानोभन्दा पनि स्किल मात्रै राम्रे हुन्छ। राम्रो सुरुआत गर्दा अपोजिट टीम दबाबमा पर्न सक्छ। त्यसकारण राम्रो सुरुआत गर्ने र लक्ष्यमा ध्यान दिन आवश्यक छ।’

अर्को टीम दबाबमा हुँदा क्यासिङ्ग गर्न सकियो भने खेलमा दबाब बनाइरहन सकिने भन्दै कप्तान पौडेलले लक्ष्यमा ध्यान दिँदै धर्यताका साथ जितका लागि काम गर्न सुझाव दिए।

उनले पछिल्लो २/३ वर्षदेखि नेपाली पुरुष क्रिकेट टीमलाई जसरी साथ, समर्थन र  माया दिँदै पुरुष र महिला दुबै टीमलाई सँगसँगै अघि बढाउन पनि आग्रह गरे।

नेपालले आगामी जुलाई १८ देखि श्रीलङ्कामा आयोजना हुन लागेको एसिया कप वुमेन्समा सहभागिता जनाउन लागेको छ। जसका लागि उनले शुभकामना दिएका हुन्।

प्रकाशित: ३१ असार २०८१ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App