२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

विम्बल्डन महिला एकलतर्फको उपाधि बारबोरालाई

सन् २०२४ को विम्बल्डन महिला एकल तर्फको उपाधि चेक रिपब्लिकन टेनिस खेलाडी बारबोरा क्रेसिकोवाले हात पारेकी छिन्।

शनिवार लन्डनको विम्बल्डन सेन्टर कोर्टमा भएको फाइनल खेलमा बारबोराले ज्यास्मिन पाओलिनीलाई ६–२, २–६, ६–४ ले हराउँदै आफ्नो खेल जीवनको पहिलो विम्बल्डन उपाधि हात पारेकी हुन्।

ज्यास्मिनले २ वटा च्याम्पियनसिप अङ्क जोगाएपनि तेस्रोपटक च्याम्पियनसिप अङ्क जोगाउन नसक्दा उनी उपाधिबाट बञ्चित भइन्।

बारबोराले यसअघि सन् २०२१ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्।

प्रकाशित: ३० असार २०८१ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App