१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

इङ्ल्यान्ड युरो कपको फाइनलमा

इङ्ल्यान्ड युरो कपको फाइनलमा पुगेको छ। सिग्नल इडुना पार्कमा आज बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक उपाधिनजिक पुगेको हो।

नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनको यो युरो कपको पहिलो र अन्तर्राष्ट्रियतर्फ दोस्रो गोल हो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए। हाफ भली प्रहार गर्ने क्रममा इङ्ल्यान्डका कप्तान केनलाई डेनजेल डम्फ्रिजले फउल गर्न पुगेका थिए।

जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री (भिएआर)को मद्दत लिँदै इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए। उक्त पेनाल्टीलाई केनले सदुपयोग गरेका हुन्। योसँगै डम्फ्रिजले पहेंलो कार्ड पाए।

खेल बराबरीतर्फ उन्मुख थियो। तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओलीले गोल गर्दै इङ्ल्यान्डलाई जित दिलाए।

प्रकाशित: २७ असार २०८१ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App