जिम्बाबेविरुद्धको तेस्रो ट्वान्टी–२० शृंखलामा भारतले १८२ रन बनाएको छ।
जिम्बाबेको हरारेमा भएको यो खेलमा भारतका कप्तान शुभमन गिलले टस जितेर पहिले ब्याटिङ रोज्दै निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको हो ।
भारतका लागि सबै भन्दा बढि कप्तान शुभमन गिलले ६६ रन बनाए । उनले ४९ बलमा ७ चौक्का र ३ छक्का प्रहार गरेका थिए । त्यसै गरी रुतुराज गायकवाडले ४९, यशस्वी जैस्वालले ३६, सञ्जु सैमसनले १२ तथा अभिषेक शर्माले १० रन बनाए ।
जिम्बाबेका लागि कप्तान सिकन्दर रजा र ब्लेसिङ मुजराबानीले दुई दुई विकेट लिए ।
पाँच शृंखलाको यो खेलमा दुवै टोलीले एक एक खेल जितेका छन् । विश्कप जिते लगतै जिम्बाबेको भ्रमण गएको भारतीय टोली पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा जिम्बाबेलाई १०० रनले हराएको थियो।
प्रकाशित: २६ असार २०८१ १८:३२ बुधबार