३ कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

संस्कार र इनुशालाई स्वर्ण

संस्कार श्रेष्ठ र इनुशा आचार्यले शनिबार पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा स्वर्ण जितेका छन्। बहिरातर्फ २०–२५ केजी तौलसमूहको पुरुषमा संस्कार र महिलामा इनुशाले स्वर्ण जितेका हुन्।

बहिरातर्फ नै महिला ३०–३५ केजीमा अञ्जली तामाङ, ३५–४० केजीमा निताकुमारी यादव, ४०–४५ केजीमा आरती शाह, ४५–५० केजीमा विपना पुन, ५०–५५ केजीमा सुष्मा थापा र ५५ केजीमाथि प्रेरणा विकले स्वर्ण जिते।

पुरुष ५० केजीमा क्षितिज ठगुन्ना र ५५ केजीमा ऋषिमणि शर्मा पहिलो स्थान हात पारे। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको दृष्टिविहीनतर्फ पुरुष १९–२५ केजीमा सार्थक तामाङ, २६–३२ केजीमा जीवन जैसी, ४०–४५ केजीमा अभिकराज वज्राचार्य र ६०–६५ केजीमा गिल्याक ग्याल्सनले पहिलो स्थान हात पारे।

विजेतालाई राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा पेरिस ओलम्पिक–२०२४ को जुडोमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी मनिता श्रेष्ठ प्रधानलाई सम्मान गरिएको थियो ।

प्रकाशित: २३ असार २०८१ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App