१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

इङ्ग्ल्यान्डविरुद्ध भारत: वर्षा बाधक बने कसलाई फाइदा?

आईसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो सेमिफाइनलमा भारत र साविक विजेता इङ्ग्ल्यान्डबीच खेल हुँदैछ। बिहीवार राति ८ः१५ बाट सुरु हुने खेलमा दुबै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

तर, बिहीवारको खेलमा वर्षा बाधक बन्न सक्ने अनुमान गरिएको छ। गुयानामा बिहीवार वर्षाको सम्भावना रहेको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यदि बिहीवारको खेल वर्षाका कारण प्रभावित भयो भने के हुन्छ ? भन्ने जिज्ञासा दुबै टीमका समर्थकहरूमा देखिन्छ।

यस सिजनमा आईसिसीले पहिलो सेमिफाइनलमा वर्षा बाधक बनेको अवस्थामा रिजर्भ डेमा खेल राखेको थियो। तर, पहिलो सेमिफाइनल बिना वर्षाको अवरोध नै सकिएको छ। र, दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ। तर, दोस्रो सेमिफाइनलका लागि रिजर्भ डे राखिएको छैन। यस अवस्थामा खेल रद्द भए फाइनलमा को पुग्छ? भन्ने प्रश्न पनि छ।

आईसिसीले दोस्रो सेमिफाइनलका लागि रिजर्भ डे को साटो ४ घन्टा १० मिनटको अतिरिक्त समय निर्धारण गरेएको छ। ताकि म्याच बिहीवार नै सकियोस्। यदि म्याच रद्द भयो भने फाइनलमा भारतको पुग्ने सम्भावना उच्च रहन्छ। कारण, आईसिसीको नियम अनुसार समूहको शीर्ष स्थानमा रहने टीमलाई फाइनलमा पुग्ने मौका प्राप्त हुनेछ। अर्थात् सुपर ८ अन्तर्गत समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै भारत सेमिफाइनलमा पुगेको हो भने समूह ‘बी’ को दोस्रो स्थानमा रहँदै साविक विजेता इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो। यस हिसाबले भारतले फाइनलमा स्थान बनाउँदा इङ्ग्ल्यान्ड लिगबाट बाहिरने सम्भावना रहन्छ।

तर, भारत गत सिजनको बदला लिने सोचमा रहेका कारण ऊ चाहन्छ की बिहीवारको खेलमा वर्षा बाधक नबनोस्। जसरी सन् २०२३ को एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँग पराजित हुँदाको बदला भारतले सुपर ८ को आफ्नो अन्तिम खेलमा लियो। त्यसरी नै गत सिजनको टी–२० को सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग पराजित हुनु परेको बदला यसवर्ष लिने भारतको सोच रहेको छ।

बिहीवारको खेलमा भारत आफ्नो प्लेइङ्ग ११ मा परिवर्तन गर्न सक्छ कि भन्ने आँकलन पनि गरिँदैछ। गुयनाको पिचलाई ध्यानमा राखी भारतले आफ्नो प्लेङ्ग ११ परिवर्तन गर्दा युजवेन्द्र चहललाई ल्याउन सक्ने सम्भावना रहेको छ।

बिहीवारको खेलमा इङ्ग्ल्यान्डका कप्तान जोश बटलर, आदिल रशिद, जोफरा आर्चर र फिल साल्टमाथि सबैको विशेष नजर रहने छ भने भारतका कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, कुलदिप यादव र अर्षदिप सिंहमाथि पनि विशेष नजर रहने छ।

प्रकाशित: १३ असार २०८१ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App