१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

युरोकपमा मंगलबार राति चार खेल हुने, प्रिक्वार्टरफाइनल पुग्ने सम्भावना कस्को बलियो ?

फाइल तस्बिर

यूईएफए युरोकप फुटबल- २०२४ मा समूह चरणअन्तर्गत मंगलबार राति दुई खेल हुँदैछन् ।  

समूह 'सी' अन्तर्गतका खेलमा इंल्यान्डले स्लोभेनियासँग प्रतिस्पर्धा गर्दा सर्बियाले डेनमार्कको सामना गर्नेछ । चारै वटा टिमको अघिल्लो चरण प्रवेशको सम्भावना कायम रहेकाले मंगलबारको खेल बढी रोमाञ्चक हुने देखिएको छ । 

दुवै खेल राति पौने एक बजे सुरु हुनेछ । शीर्ष स्थानमा रहेको इंल्यान्डको ४, दोस्रो स्थानको डेनमार्क र तेस्रो स्थानको स्लोभेनियाको समान २-२ तथा सर्बियाको एक अंक रहेको छ ।  

इंल्यान्डलाई हराउन सके स्लोभेनियाले प्रिक्वार्टरफाइनलमा स्थान बनाउनेछ । बराबरी वा स्लोभेनियाको हारले भने इंल्यान्डले अन्तिम १६ को टिकट काट्नेछ ।  

अर्को खेलमा डेनमार्कलाई हराउन सके सर्बियाले प्रिक्वार्टरफाइनलमा स्थान बनाउनेछ । यद्यपि उसको अघिल्लो चरण प्रवेशको सम्भावना इंल्यान्ड र स्लोभेनियाबीचको खेलको नतिजामा पनि भर पर्नेछ । सर्बियाको हारले भने डेनमार्कको भाग्य चम्कनेछ ।  

यस्तै समूह 'डी'को खेलमा फ्रान्स र पोल्यान्ड तथा नेदरल्यान्ड्स र अष्ट्रियाबीच खेल हुनेछ । यी दुवै खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।  

यसअघिका दुवै खेलमा अंकविहीन पोल्यान्ड समूह चरणमै रोकिएको छ भने नेदरल्यान्ड्स र फ्रान्सको समान ४-४ तथा अष्ट्रियाको ३ अंक छ । पोल्यान्डसँगको बरबारीले मात्र पनि फ्रान्सले अघिल्लो चरणमा स्थान बनाउनेछ ।

अष्ट्रियालाई कम्तीमा बराबरीमा रोक्न सके डच टोली पनि अन्तिम १६ मा प्रवेश गर्नेछ । पराजित भए अघिल्लो चरण प्रवेशका लागि फ्रान्स र पोल्यान्डबीचको खेलको नतिजामा निर्भर हुनु पर्नेछ ।  

यूरोकपमा समूह चरणका अन्तिम खेलहरु जारी रहँदा समूह 'ए'बाट आयोजक जर्मनी र स्विजरल्यान्ड तथा समूह 'बी'बाट स्पेन र डिफेन्डिङ च्याम्पियन इटलीले अन्तिम १६ मा स्थान बनाएका छन् ।  

प्रकाशित: ११ असार २०८१ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App