राजधानीमा हुने प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।
पुरुषतर्फ समूह ‘ए’ मा मधेस, कर्णाली, बागमती र सुदूरपश्चिम तथा समूह ‘बी’ मा लुम्बिनी, गण्डकी र कोशीले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी महिलातर्फ मधेस, कोशी, कर्णाली र लुम्बिनी समूह ‘ए’ तथा बागमती, गण्डकी र सुदूरपश्चिम समूह ‘बी’ मा रहेर प्रतिस्पर्धा गर्नेछन्।
सहाना प्रधान फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता असार १५ सम्म चल्ने छ।
दुवैतर्फका विजेताले क्रमशः नगद ३ लाख, २ लाख, १ लाख प्राप्त गर्नेछन्। दुवैका सर्वोकृष्ट खेलाडीले जनही २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रकाशित: ८ असार २०८१ २०:४६ शनिबार




