१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

आईसीसी टी–२० विश्वकप: दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड भिड्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत शुक्रवार दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ।

डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा हुने दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड बीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

सुपर ८ को समूह दुईमा रहेको दुबै टीमले हालसम्म १/१ खेल जितेका छन्। दक्षिण अफ्रिकाले सुपर ८ को आफ्नो पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो भने इङ्ग्ल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको थियो।

शुक्रवारको खेलमा दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्स, क्वान्टिन डि कक, एनरिच नोर्ट्ज र ओटनेल बार्टम्यानमाथि सबैको विशेष नजर रहने छ भने इङ्ग्ल्यान्डका आदिल रासिद, फिल साल्ट, जोस बटलर र जोफरा आर्चरमाथि विशेष नजर रहने छ।

प्रकाशित: ७ असार २०८१ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App